मुख्यमन्त्री यादवद्वारा मधेशवादी दल र नेताको उक्साहटमा नलाग्न प्रदेशवासीलाई आग्रह
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन् । शनिबार विहान जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन् । सम्बोधनमा मुख्यमन्त्री यादवले मधेशवादी नेता र दलहरु सत्ताको खेलमा लागेकाले सम्पूर्ण प्रदेशवासीलाई सचेत हुने आग्रह गरे। उनले मधेशवादी दलहरुलाई जनता र प्रदेश देखि कुनै मतलब नरहेको बताए । मधेशवादी दलहरुले आम जनता र गरिबहरुलाई आन्दोलनको नाममा अझः बढी समस्या दिनेगरेकाले यसबाट उनीहरुको नियत प्रष्ट हुन गएको बताए ।
कर्मचारी कुट्ने र राष्ट्रिय झण्डाको अपमान गर्नेहरु जनप्रतिनिधि हुन नसक्ने मुख्यमन्त्री यादवको भनाइ छ। मधेशी जनताले वास्तविक विकास प्रेमी र विकास बाधक कुन दलहरु हो भन्ने बुझ्न आवश्यक रहेको उनले बताए । जसपा र लोसपाका सांसद एवम नेता कार्यकर्ताहरुले सुरक्षाकर्मी कुट्दै हिँडेकाले सुरक्षाकर्मीनै असुरक्षित रहेकोबेला प्रदेशको जनता जन कति सुरक्षित छन् भन्ने आंकलन गर्न सकिने उनले बताए ।
यस्तो अवस्थामा चुनाव कसरी हुन्छ र संघीय सरकारले चुनाव हुने ग्यारेन्टी कसरी गर्न सक्छ भन्ने मुख्यमन्त्री यादवले प्रश्न गरे । पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले अझै मुख्यमन्त्रीकै कुर्सीमा बस्ने गरेको र अहिलेसम्म निवास र गाडीसमेत फिर्ता नगरेकोले आफूलाई नराम्रो लागेको बताए । मेधशवादी दलहरुसँग चुनावका लागि कुनै एजेन्डा नरहेकाले उनीहरु मधेश र मधेशीको नाममा सोझा जनतासंग खेलवाड गर्दै हिँडेको मुख्यमन्त्री यादवले दाबी गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
कानूनका भाषा र ढाँचाहरूमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् । आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजि...
राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले राजीनामा दिएका छन् । आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न थापाले राजीनामा दिएको बताइएको छ । थापाको नामा धनकुटाबाट राष्ट्रियसभा निर्वाचन...
बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन प्रतिवेदन पारित
काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकले बालबालिकासम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्थाबारे तयार पारिएको मापन प्रतिवेदनको मस्यौदा पारित गरेको छ। बिहीबार बसेको बैठकले ऐनमा समेटिएका बाल सहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मूल्याङ्कन गर्द...
तलब भत्ता नखाने र सरकारी सुविधा नलिने सुधन गुरुङको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुधन गुरुङले तलब भत्ता तथा सरकारी सुविधान नलिने घोषणा गरेका छन् । पार्टीले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले सञ्चारकर्मीसामू उक्त घोषणा गरेका हुन् । उनले ग...
रास्वपा केन्द्रीय समिति : कुलमान समूहबाट उपसभापतिसहित १२ जना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिमा उज्यालो नेपालको टिमबाट १२ जना थप हुने भएका छन् । आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले सहमतिलाई अनुमोदन गरेको हो । आजै विवेकशील साझाबाट आएका ७ जना केन्द्रीय समितिमा थपिएका थिए...
जाडो छल्न बेँसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किँदै
काठमाडौँ । मुस्ताङमा चुनावी माहौल बिस्तारै तात्तिन थालेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो । निर्वाचनमा होमिएका उम्मेदवार मतदाता रिझाउन बेँसीमै व्यस्त थिए । तर जाडो छल्न बेँसी झरेका मतदाता फर्किन थालेपछि उम्मेदवा...



