शुक्रबार, १६ असोज २०८३
नेपाली

चामेमा नदी थुनिएपछि मुख्यमन्त्रीको आकस्मिक निरीक्षण, खुलाउने प्रयास जारी

Main News Image

मनाङ । मनाङमा आएको विपद् र बाढीपहिरोका कारण खोलाघरमा थुप्रिएको ग्राबेल, ठूला ढुङ्गा तथा थुनिएको नदीलाई सुरक्षित रूपमा खुलाउन र प्रभावित क्षेत्रको अवस्था बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङको चामे पुगेर स्थलगत निरीक्षण गरेका छन् ।

यसै सन्दर्भमा अवरुद्ध संरचना सञ्चालनमा ल्याउन र उद्धार तथा राहत कार्यलाई तीव्रता दिन जिल्ला विपद् व्यवस्थापन समितिको विशेष बैठकसमेत सम्पन्न भएको छ ।  उक्त निरीक्षण तथा बैठकमा गण्डकी प्रदेश सभाका मुनिन्द्रजंग गुरुङ, मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी इन्स्पेक्टरलगायत सुरक्षा निकायका प्रमुखहरू र स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।


mediabaaji add

सम्बन्धित खबर

देशभर मनसुनी वायुको प्रभाव : पहाडी भूभागका धेरै स्थानमा वर्षा र केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान वरपर तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ ।

आज बिहान कोशी, गण्डकी, लुम्बिनी,...

आइतबार, कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आइतबार अन्य भूभागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आ...

काठमाडौं महानगरपालिकाले भन्यो : नदीको दायाँबायाँमा लगाएको निर्माणको प्रतिबन्ध हट्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ बायाँ भवन निर्माण अनुमतिमा यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ बायाँ भवन निर्माण गर्न अनुमति दिइएको जनाएको...

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली आकाशमा बादल रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।...

कुलेखानी जलाशयको जलसतह नियन्त्रणमा, बाँधका ढोका खोल्नुपर्ने अवस्था छैन

काठमाडौँ । कुलेखानी जलाशयमा हाल जलसतह नियन्त्रणभित्र रहेको र तत्काल बाँधका ढोका खोल्नुपर्ने कुनै जोखिम नरहेको नेपाल विद्युत प्राधिकरण, कुलेखानी आयोजनाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिनअनुसार असोज ७ देखि ११ गतेसम्म परेको भारी वर...