केरुङ जोड्ने चिनियाँ राष्ट्रिय राजमार्ग खुलाउने प्रयास, १६ जनाको मृत्यु र ५४६ बेपत्ता
काठमाडौँ । नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएर आएको बाढीपहिरोका कारण क्षतिग्रस्त भएको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहतर्फ जाने प्रमुख राष्ट्रिय राजमार्ग पुनः सञ्चालनका लागि चिनियाँ प्राविधिक तथा उद्धार टोलीले प्रयास तीव्र पारेका छन् ।
क्षेत्रीय सरकारलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरूले जनाएअनुसार बाढीपहिरोका कारण केरुङ क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता छन्। बाढीले बन्दरगाहतर्फ जाने राष्ट्रिय राजमार्ग जी–२१६ का विभिन्न खण्डमा गम्भीर क्षति पुर्याएको छ ।
क्षतिग्रस्त राजमार्ग सफाइ तथा निर्माणका लागि ठूलो सङ्ख्यामा जनशक्ति र उपकरण परिचालन गरिएको छ । केरुङ काउन्टीको सिन्जियाङ गाउँमा चाइना रेलवे ग्रुप लिमिटेडका १०० भन्दा बढी कामदारहरू ढुङ्गा भरेर ग्याबियन बक्स तयार पार्न खटिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
काठमाण्डौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो ।
यहाँ...
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै, भारतबाट मात्रै ३० हजार ल्याइने
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यम...
भदौका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरको विवरणले यस्तो देखाएको हो । साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। भदौ म...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार छापावाल सुन...
सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल शेयरमध्य...
भ्रष्टाचार सूचकांकमा नेपाल स्थिर, लगातार दोस्रो वर्ष ३४ अंकमै सीमित
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल टिआईले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अंक प्राप्त गरेको छ । गत वर्ष जस्तै अंक कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको संकेत...



