बुधबार, १४ असोज २०८३
नेपाली

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको दाबी, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि प्रकाश रिजालको उम्मेदवारी

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा पुस्ताबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा प्रकाश रिजालले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा युवा तर्फबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

रिजालले पार्टीको संगठनलाई थप सुदृढ, प्रभावकारी र समयानुकूल बनाउँदै युवा पुस्ताको सहभागिता बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, संगठनात्मक एकता तथा पार्टीप्रतिको निरन्तर योगदानलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन् ।

उम्मेदवारी सार्वजनिक गर्दै रिजालले पार्टीका अग्रजहरूको मार्गदर्शन, सहकर्मीहरूको साथ तथा शुभेच्छुकहरूको विश्वासलाई सम्मान गर्दै संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउन आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न तहका अधिवेशन तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइरहेको छ। पार्टीको निर्णयअनुसार केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते काठमाडौंमा गर्ने कार्यतालिका तय गरिएको छ ।

रिजालको उम्मेदवारीले महाधिवेशन प्रक्रियामा युवा पुस्ताको प्रतिनिधित्व र सहभागिताको विषयलाई थप चर्चामा ल्याएको छ । पार्टीको संगठन सुदृढीकरण, लोकतान्त्रिक अभ्यास र पुस्तान्तरणका विषयलाई आफ्नो प्राथमिकतामा राख्दै उनले प्रतिनिधिहरूसँग समर्थनको आग्रह गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

रास्वपा उम्मेदवारको गाडीको ठक्करले बालकको मृत्यु

काठमाडौँ । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ । बालकको उमेर ६ वर्षजति भएको अनुमान गरिएको छ । आलम रौतहट–२ बाट उम्मेदवार छन् । 

दुर्घटनापछि रास्वपा उम्मेदवार आलम र गाड...

राष्ट्रिय सभामा नेपाली कांग्रेसका उम्मेदवार मतदान नहुँदै निर्वाचित

काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा विर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् । मनोनयन दर्ता गर्ने निर्धारित समयसम्म अन्य कुनै उम्मेदवारले मनोनयन नै दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित भएका हु...

एमालेले आजपनि प्रदर्शन गर्ने

मिडियाबाजी डटकम, काठमाडौँ । नेकपा एमालेले आज पनि काठमाडौँको माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर...

राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

काठमाडौँ । गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा चार दशमलव छ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२६ मा दुई दशमलव एक प्रतिशतमा झर्ने प्र...

राष्ट्रले होनाहार युवा गुमाएको भन्दै विपिनका परिवारलाई भेटेर नैनसिंह महरले जनाए समवेदना

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले इजरायलमा हमासको आतंकवादी हमलामा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । उनले शोकाकुल बुबा महानन्द जोशी, आमा पद्मा जोशी,...

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समु...