करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ अर्थमन्त्रीले भने, ‘मैले बजारमा सुन्न पाऊँ( कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन् ।’ उनले कर सङ्कलनका लागि जबरजस्ती र त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई करको दायरामा समेट्न कर प्रशासकहरूलाई आग्रह गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
काठमाण्डौँ । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार चार सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँम...
हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमि...



