प्रधानमन्त्री दैवी प्रकोप कोषमा ११ अर्बभन्दा बढी रकम सङ्कलन
काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि राहत तथा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
राहत तथा पुनर्मार्माणका कार्यलाई तीव्रता दिन सरकारले यसअघि नै उक्त कोषबाट एक अर्ब बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । नौ वटा वाणिज्य बैंकमा आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ...
भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले यही माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी गर...



