जाल्दीगाड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा, ४ अर्ब ६० करोड जुट्यो
काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२ दशमलव ५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । साङ्ग्रिला हाइड्रोपावरले प्रवर्द्धन गर्ने आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी जुटेको हो ।
आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक लिमिटेड र नेपाल पूर्वाधार बैंकले सहवित्तीयकरणमार्फत ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् । कुल लागतमा बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूले स्वपुँजीमार्फत जुटाउने भएका छन् ।
वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा साङ्ग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले जलविद्युत् आयोजना तोकिएको समयमै सम्पन्न गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हुने बताए । समय र लागतबीच प्रत्यक्ष सम्बन्ध रहने उल्लेख गर्दै उनले आयोजना छिटो सम्पन्न हुँदा बैंक, लगानीकर्ता र सर्वसाधारणको विश्वास बढ्ने धारणा राखे ।
एक्सप्रेस
सम्बन्धित खबर
बिहीबार सेयर बजार हरियो, अधिकांश कम्पनीको मूल्य बढ्दा ४ अर्ब ६९ करोडको कारोबार
काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ बिन्दुमा पुगेको छ । यस दिन ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारमा १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने १२ कम्...
किवी बिक्री नभएपछि जुस उत्पादन
बागलुङ । ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँक...
शिखर पावरको आईपीओ बाँडफाँड, २४ लाख ६६ हजार आवेदकको हात रित्तो
काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आई...
बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्...
विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउण्डको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
त्यसैगरी युरोप...
अण्डाको मूल्य बढ्यो : उपभोक्तालाई प्रतिगोटा २५ रुपैयाँ, किसान अझै घाटामा
चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट ९३० वटा० र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसा...



