मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

जटिल बन्दै डा. गोविन्द केसीको स्वास्थ्य, आइसियुमा राखियो

Main News Image

काठमाण्डौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष आइसियुमा भर्ना गरिएको छ ।

धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा तीन दिनदेखि अनशनरत डा केसीको शरीरमा सुगरको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएको हो ।

डा केसीका सहयोगी डा। अमृत जैसीका अनुसार उनको हातखुट्टाका नसा बाउँडिने र बोल्न समेत गाह्रो हुने समस्या देखिएको छ । शनिबार बिहान डा केसीको स्वास्थ्य परीक्षण गर्दा रगतमा सुगरको मात्रा ५० पाइएको थियो ।


mediabaaji add

सम्बन्धित खबर

शुक्रबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा...

पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान खसेको पहिरो पन्छाइएपछि यातायात सेवा पुनः पूर्ववत् सञ्चालनमा आएको छ । आज बिहान करिब ७ः०५ बजे सडकमाथिबाट खसेको पहिरोका कारण उक्त सडकखण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो हटाउने कार्य त...