कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामञ्चमा महाधिवेशन गर्ने
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औं महाधिवेशन अन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी गरेको छ। उक्त समूहका नेता दिपकप्रसाद कुइँकेलका अनुसार हिजो आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको र आज सोमबार थप २५ जिल्लाको अधिवेशन जारी छ ।
‘हामी धमाधम जिल्ला अधिवेशनहरु गरिरहेका छौं । कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका रहे पनि प्रतिकूल मौसमका कारण प्रभावित भएकाले २२ गतेसम्म सबै जिल्ला अधिवेशन सक्ने तयारीमा छौं,’ उनले भने । सबै जिल्ला अधिवेशन सकिएपछि मंसिर ४ गते सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने पनि उनले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
ओलीको आइसियुमा उपचार जारी, स्वास्थ्यमा सुधार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सघन उपचार कक्ष आइसियुमा उपचार जारी रहेको छ । सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पित्तथैलीको शल्यक्रिया गरिएका ओलीको आइसियुमा उपचार जारी रहेको हो । ओलीको स्वास्थ्य क्रम...



