मोदीसँगको भेट तय नभएपछि कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित
काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको आसन्न भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । भ्रमणका लागि शनिबार नै नयाँदिल्ली प्रस्थान गर्ने तयारी भए पनि उनको भ्रमण अन्तिम समयमा रोकिएको हो । सभापति थापा पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा सहभागी हुन दिल्ली जाने कार्यक्रम थियो ।
सुरुमा शनिबार भारत जाने तयारी गरेका थापा पछि आइतबार प्रस्थान गर्ने गरी कार्यक्रम संशोधन गरिएको थियो। तर आइतबार उनले पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापतिलगायत नेतासँग छलफलका लागि बैठक बोलाएपछि भारत भ्रमण स्थगित भएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ । आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन । रास्वपाले समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक...
राष्ट्रियसभा र प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न कांग्रेसले गर्यो परिपत्र
काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई प...
निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीको आह्वान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गरेकी छन्। प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान्पर्व छठको अवसरमा आज जारी गर...



