नारायणघाट-बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
नारायणघाट । बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।
जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना ९पूर्वी खण्ड० अन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो।
वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताए।
एक्सप्रेस
सम्बन्धित खबर
देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र...
मतदानको दिन देशका अधिकांश भागमा मौसम सफा
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका हिमाली, पह...
देशभर मनसुनी वर्षा कायम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बदली रही बागमती, कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्...
चन्द्रमाको परिक्रमा गरेर ४ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्कियो
काठमाडौँ । चन्द्रमाको परिक्रमा पूरा गर्दै करिब १० दिन अन्तरिक्षमा बिताएपछि आर्टेमिस–२ मिसनका चार अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। शुक्रबार उनीहरू सवार ओरायन क्याप्सुल प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण भएको हो । आधा शताब्दीभन्दा बढी...
हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति
काठमाण्डौँ । बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति भएको छ । साँझ तिर आएको वर्षात सँगैको हावाहुरी र चट्याङले यहाँका विभिन्न ठाउँमा क्षति पुयाएको हो । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-२ माथिल्लो हुनीमा अविरल वर्षाको कारण पहिरो...
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल
काठमाण्डौँ । आज बुधबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस देखिएको हो।...



