गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ढिलाइ, ६५ प्रतिशत मात्रै काम सम्पन्न
चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले अपेक्षित गति लिन सकेको छैन। आगामी पुस २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म ६५ प्रतिशत काम मात्रै पूरा भएको छ।
बागमती प्रदेशबाट बजेट निकासा हुन ढिलाइ हुनु, निर्माण सामग्रीको मूल्य बढ्नु, मौसममा आएको परिवर्तन र पुरानो संरचनामै निर्माण गर्नुपर्ने अवस्थाका कारण काम प्रभावित भएको हो। निर्माण कम्पनीले पनि तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकिने जनाएको छ।
रंगशालाको मुख्य मैदान, विद्युत् जडान तथा केही संरचनाको निर्माण अझै बाँकी छ। चारवटा प्यारापिटमध्ये दुईवटा निर्माण सम्पन्न भएका छन्। तेस्रो प्यारापिटको ९० प्रतिशत र चौथोको ७० प्रतिशत काम सकिएको छ। अहिले दैनिक करिब ८० जना कामदार निर्माणमा खटिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
भलिबलको एउटै टिममा एकै घरका ४ सदस्य
काठमाण्डौँ । म्याग्दीको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन्। बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय न...
एम्बाप्पेको चम्किलो प्रदर्शनसँगै स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी मेटलाइफ रंगशालामा भएको खेलमा स्विडेनमाथि ३(० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्सको यो एकपक्षीय जितसँगै अब उसले नकआउट च...
इटालीविरुद्ध नेपालको लज्जास्पद हार
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो । पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डमाथि च...
फाइनलको आशा जीवित राख्न नेपाल आज भुटानसँग भिड्दै
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा जारी १९ वर्षमुनिको यू–१९ साफ महिला च्याम्पियनसीप अन्तर्गत आज लिग चरणका दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेलमा दक्षिण एसियाली फुटबलका दुई बलिया प्रतिद्वन्द्वी बङ्गलादेश र भारतबीच मध्याह्न १२...
ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौँ । सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई १९.४ ओ...



