शनिबार, १३ भदौ २०८३
नेपाली

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सकियो

Main News Image

काठमाण्डौा । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य पूरा भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने जानकारी दिए । त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उनले बताए ।


mediabaaji add

सम्बन्धित खबर

विदेशी मुद्राको नयाँ विनिमयदर तोकियो, अमेरिकी डलर र पाउण्डको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युरोपियन युरो...

सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरको सूचना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घररकोठा खाली गर्ने भनी भएका...

एकैदिन तोलामा १० हजार ४ सय बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डौँ । सुनको मूल्य आज एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो । 

गएको आइतबारदेखि निरन्तर बढ्दै आ...

डलर र युरोको भाउमा उतारचढाव : यस्तो छ बुधबारका विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम भएको छ...

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ती जारी गरी रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालम्पुर जाने श्रमिकहरूको सहज...

नेप्से ७.७३ अंकले बढ्यो, ४ अर्ब ७४ करोड कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । बजार परिसूचक नेप्से ७.७३  अंकले बढेर २७९६ विन्दुमा थामिएको हो । यसअघि शुक्रबार नेप्से १.५ अंक बढेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७४...