सोमबार, ०९ कात्तिक २०८३
नेपाली

प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट

Main News Image

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् । महानिरीक्षक कार्की शुक्रबार नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भेटको तस्बिर सार्वजनिक गरेको हो ।

प्रहरीले लेखेको छ, ‘नेपाली सेना, जंगी अड्डा, भद्रकाली काठमाडौंमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलज्यूसँग शिष्टाचार भेटघाट गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू।’ भेटमा दुईबीच भएको संवाद भने जानकारी दिइएको छैन ।

mediabaaji add

सम्बन्धित खबर

वर्षाले २१ राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित, बाढीले बस्तीमा जोखिम, सैयौं नागरिक सुरक्षित स्थानमा

काठमाडौँ । देशभर जारी अविरल वर्षाका कारण आएको बाढी, पहिरो र सडक कटानले काठमाडौँ उपत्यका जोड्ने प्रमुख नाकासहित देशभरका २१ भन्दा बढी मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन् । कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा आंशिक रूपमा य...