मधेसमा मतदाता नामावली दर्ता गर्नेको भीड, कुन जिल्लामा कतिले गराए अद्यावधिक ?
जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मधेसका जिल्लाहरूमा मतदाता नामावली अद्यावधिक गराउने नागरिकको भीड दिनानुदिन बढ्दै गएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्लाहरूमा निर्वाचन आयोगको कार्यालयहरूमा नयाँ मतदाता नामावली सङ्कलन, अद्यावधिक र सच्याउने कार्य तीव्र गतिमा भइरहेको छ ।
निर्वाचन आयोगको नयाँ कार्यक्रम अन्तर्गत नागरिकहरूले फारम भर्ने, फोटो खिचाउने, नयाँ नाम दर्ता गर्ने, विवरण सच्याउने, ठेगाना सार्ने, दोहोरो नाम हटाउने र मृतकको नाम हटाउने काम विधिवत् रूपमा भइरहेको हो ।
मधेस प्रदेशको निर्वाचन कार्यालय जनकपुरधामका अधिकृत कृष्णचन्द्र राउतले निर्वाचनको मिति घोषणा भएयता दैनिक रूपमा दुई सयभन्दा बढी नागरिक कार्यालयमा नयाँ मतदाता दर्ता गराउन तथा फोटो खिचाउन आउने गरेको बताए । ‘सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति सार्वजनिक गरेपछि मतदाता बन्ने र आफ्नो विवरण अद्यावधिक गर्ने नागरिकको भीड असामान्य रूपमा बढेको छ,’ उनले भने ।
राउतका अनुसार १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त गरेका जो कोहीले पनि नेपालको जुनसुकै निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउन सक्ने व्यवस्था भएकाले जनकपुरधाममा भीड बढेको हो । अनलाइन प्रणालीमार्फत विवरण भरेर प्रत्यक्ष उपस्थित भई फोटो खिचाउने प्रावधानका कारण दर्ता प्रक्रिया सहज बनेको उनले बताए ।
कुन जिल्लामा कतिले गराए अद्यावधिक
निर्वाचन आयोग जनकपुरधामका अनुसार मधेस प्रदेशमा कात्तिक १६ सम्म ३४ लाख ४२ हजार ९५७ जनाले मतदाता नामावली अद्यावधिक गराएका छन् । जसमा १८ लाख ६२ हजार ९१८ पुरुष, १५ लाख ७९ हजार ९६१ महिला र ७८ अन्य रहेका छन् ।
सप्तरीमा २ लाख १८ हजार १२४ पुरुष, २ लाख ६३७ महिला र १ अन्य गरी ४ लाख १८ हजार ७८२, सिराहामा २ लाख २९ हजार २९७ पुरुष, २ लाख २ हजार ३०७ महिला र २ अन्य गरी कुल ४ लाख ३१ हजार ६०३ जनाले मतदाता नामावली अद्यावधिक गराएका छन् ।
त्यस्तै धनुषामा २ लाख ५७ हजार ३ सय ७३ पुरुष, २ लाख २४ हजार २१३ महिला र अन्य ७ गरी कुल ४ लाख ८१ हजार ५९३, महोत्तरीमा २ लाख २० हजार ४३४ पुरुष, १ लाख ८५ हजार ६९ महिला र १ अन्य गरी ४ लाख ५ हजार १०४, सर्लाहीमा २ लाख ६५ हजार ८९१ पुरुष, २ लाख २४ हजार १०३ महिला र २० अन्य गरी कुल ४ लाख ९० हजार ४ मतदाताले नामावली अद्यावधिक गराएका हुन् ।
रौतहटमा २ लाख ३१ हजार ४०३ पुरुष, १ लाख ९० हजार २८९ महिला र अन्य १ गरी कुल ४ लाख २१ हजार ६९३, बारामा २ लाख ४१ हजार ५८८ पुरुष, १ लाख ९९ हजार ६८२ महिला र ११ अन्य गरी ४ लाख ४१ हजार २८१ जनाले मतदाता नामावली अद्यावधिक गराएका हुन् ।
पर्सामा १ लाख ९८ हजार ८०८ पुरुष, १ लाख ५३ हजार ६६१ जना महिला र १५ अन्य गरी कुल ३ लाख ५२ हजार ४८४ जनाले कात्तिक १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गराएका हुन् ।
असोज ९ गतेदेखि सुरु भएको र कार्तिक ३० गतेसम्म चल्ने नयाँ मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम अन्तर्गत दर्ता हुने मतदाताहरूलाई फागुन २० गतेसम्म मतदाता सूचीमा समावेश गरिने मधेस प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगका अधिकारीहरूका अनुसार निर्वाचन नजिकिँदै जाँदा अझ धेरै नागरिकले अन्तिम समयमा दर्ता गराउने सम्भावना रहेकाले आवश्यक तयारी र जनशक्ति परिचालनमा तीव्रता दिइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
दोस्रो पटक मन्त्रिपरिषद् प्रवेश गरेका सुधन गुरुङ पाँचौँ वरीयतामा, महावीर पुन आठौँ स्थानमा
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक प्रवेश गरेका गृहमन्त्री सुधन गुरुङले पाँचौँ वरीयता प्राप्त गरेका छन् ।
मन्त्रिपरिषद्को वरीयता क्रममा गुरुङभन्दा अगाडि अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, शिशिर ख...
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा. वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण का...
जेनजी आन्दोलनपछि पहिलो पटक च्यासलमा बस्दै एमाले सचिवालय बैठक
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन्। यही मङ्सिर २७,...
एमालेले घटायो उम्मेदवारी शुल्क, महाधिवेशन प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन
काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनको प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टीको सङ्गठन विभागले सोमबार साँझ भर्चुअल बैठकमार्फत पाँच बुँदे निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभ...



