मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

Main News Image

काठमाडौँ । बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ। बिहानैदेखि चालक तथा सवारीधनीहरू मोटरसाइकल, कार, ट्याक्सी र बसलगायत सवारीसाधन लिएर पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।

मन्दिर परिसरमा सवारीसाधनमा टीका लगाउने, पूजा गर्ने र प्रसाद ग्रहण गर्नेहरूको चहलपहल देखिएको छ। महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ।

यस दिन सवारीसाधन र औजारको पूजा गर्दा काममा सफलता मिल्ने, दुर्घटनाबाट सुरक्षा प्राप्त हुने तथा व्यवसायमा प्रगति हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका आधारमा यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तिहरूले महानवमीमा आफ्ना सवारीसाधन र औजारको पूजा गर्ने गर्छन्।

mediabaaji add

सम्बन्धित खबर

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट ९सर्ट० भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो ।...

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो। हिउँदयामको कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो...

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान सम्पन्न

काठमाडौँ ।  नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्ने क्षेत्रमा सडकको एकतर्फी ढलान गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेको करिब चार किलोमिटर खण्डमा एकतर्...

ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीबाट ओरालो लाग्यो, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ । चीनको तिब्बतस्थित छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको संगमस्थल नजिकै थुनिएर बनेको प्राकृतिक ताल फुटेपछिको भीषण बाढी रसुवाको स्याफ्रुबेसीबाट ओरालो लागेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार, आ...

मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भूभागमा आज र भोलि दुई दिन वर्षा र हिमपातको सम्भावना छ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ । विभागका...

मध्यपहाडी लोकमार्ग : पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

कास्की । मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखर...