शनिबार, ०७ कात्तिक २०८३
नेपाली

मनसुनजन्य विपद्‌बाट बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणका लागि ४ अर्बसम्म लाग्ने

Main News Image

म्याग्दी  । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको पहिरो तथा कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतविक्षत बनेको यो सडकलाई पुरानै अवस्थामा फर्काउन ३ देखि ४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाउनुका साथै ५० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार करिब ८० देखि ९० करोड रुपैयाँ क्षति भएको सडकलाई अस्थायी मर्मत गरी २ हप्तामै सञ्चालनमा ल्याइए पनि दिगो पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्छ । “पहिरो र नदी नियन्त्रणका साथै म्याग्दी खण्डमा अब अस्फाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने देखिएको छ,” शर्माले भने ।

mediabaaji add

सम्बन्धित खबर

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

काठमाडौं। सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य...

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार २०० रुपैयाँ...