युनिस र हुसैनको घातक बलिङ : जनकपुरलाई १९ रनले हराउँदै कर्णालीको विजयी सुरुवात
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणअन्तर्गत मङ्गलबार भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमै समेटियो ।
जनकपुरका लागि अभिषेक तिवारीले १७ बलमा सर्वाधिक २० रन बनाए। यस्तै मोइन अली र कप्तान हर्मित सिंहले समान १९.१९ रन, जिम्स निशमले १५ रन तथा मायन यादवले १४ रनको योगदान दिए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्
जनकपुरलाई सस्तैमा समेट्न कर्णालीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। युनिस ठकुरी र हुसैन तलतले समान ३/३ विकेट लिए भने नन्दन यादवले २ र कप्तान सोमपाल कामीले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
मेसीले फाइनलमा गोल गर्ने निश्चित छ– एम्बाप्पे
काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन् । सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।
एम्बाप्...
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालद्वारा ओमान ३८ रनले पराजित
काठमाण्डौँ । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । हिजोको खेलमा नेपालले दिएको १५२...



