इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ४० दिन शोक घोषणा
काठमाडौँ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए । तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए । फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा समेत घोषणा गरेको छ । इरानकै तस्निम न्युज एजेन्सीले पनि खामेनीको मृत्यु पुष्टि भएको जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
इतिहासकै सबैभन्दा ठूलो समुद्री संकटको खतरा, बब अल-मन्डेब बन्द गर्ने चेतावनी
काठमाडौँ । इरान र अमेरिका इजरायल बीचको जारी युद्ध यस्तो बिन्दुमा पुगेको छ जहाँ सम्पूर्ण विश्व अर्थतन्त्र खतरामा परेको छ । खाडी क्षेत्रमा हर्मुज स्ट्रेट पहिले नै बन्द भइसकेको रिपोर्टहरूको बीचमा यमनका हुथी विद्रोहीहरूले अब बब अलमन्डेब स्ट्रेटलाई बन्...



