सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो, दार्मामा मात्रै २८१ जना संक्रमित
सुर्खेत । सल्यानमा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका ४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएसँगै जिल्लामा यस रोगबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार असोज २८ गते सङ्क्रमण पुष्टि भएका मल्ल जिल्ला अस्पतालबाट घर फर्किएपछि पुनः श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकाले दाङको घोराही हुँदै नेपालगञ्ज पुर्याइएको थियो। उपचारकै क्रममा उनको ज्यान गएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिएका छन्।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म कुल ८१७ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भइसकेको छ, जसमा सबैभन्दा बढी प्रभावित दार्मा गाउँपालिका बनेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
गायक दर्जीमाथि हातपात प्रकरण : निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग
काठमाडौँ । बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भिडियो भाइरल भएपछि चलचित्र ‘पार्वती’ टोलीले गम्भीर आपत्ति जनाउँदै उनको समर्थनमा ऐक्यबद्धता जनाएको छ ।
चलचित्रकी निर्मात्री एवम् अभिनेत्री नीता ढुङ्गाना अधिकारीले सामाजिक सञ्जालम...



