पश्चिम बंगालमा भीषण आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो एआईआरले जनाएको छ । पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब १२ किलोमिटर दक्षिणमा पर्ने दक्षिण २४ परगना जिल्लाको आनन्दपुरस्थित नजिराबाद क्षेत्रमा सोमबार बिहान सबेरै एउटा गोदामबाट आगलागी शुरू भएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार करिव २५ देखि ३० जना अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ । यसैबीच, प्रहरीले गोदामका मालिकलाई पक्राउ गरी अदालतमा पेश गरेको छ, जसले उनलाई आठ दिनको प्रहरी हिरासतमा पठाएको छ । एआईआरकाअनुसार अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएका छन् र फोरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण संकलन गर्न शुरू गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् । मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको जीतका लागि बधाई दिएका छन्। मोदी...
जहाजमा ड्रोन प्रहारपछि अमेरिकाले इरानमाथि गर्यो नयाँ हमला
काठमाडौँ । होर्मुज स्ट्रेटमा पनामाको झण्डा अंकित एक व्यापारिक जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ हवाई हमला गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले इरानभित्र रहेका विभिन्न ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरिएको पुष्टि गरेको छ ।...
अमेरिका र इरानबीच १४ बुँदे समझदारी
काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी अन्तिम सम्झौताका लागि १४ बुँदे समझदारी पत्र एमओयूमा सहमति भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध...
भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण
काठमाडौँ । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५/२६ १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ मा मुलुकको वास्तविक कुल गार्हस्थ्य उत्पादन ७दशमलव४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्र...
पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना
काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।
यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो...
राष्ट्र संघ मुख्यालयमा ड्रोन आक्रमण : ६ शान्ति सैनिकको मृत्यु
काठमाडौँ । सुडानी अधिकारीहरूका अनुसार शनिबार सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ जना संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ...



