प्रचण्ड र गोपाल किरातीबीच एकता घोषणा
काठमाडौँ । नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ । दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ।’ सहमतिको प्रमुख बुँदाहरूमा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गर्ने, गोपाल किरातीले प्रस्तुत गरेको देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रको अवधारणामा पार्टीभित्र विस्तृत छलफल गरी जनवादका आधारमा निर्णय गर्ने, र उक्त सहमति कार्यान्वयनका लागि माक्र्सवादी क्रान्तिकारीहरूलाई माओवादी केन्द्रभित्र ध्रुवीकृत गर्ने निर्णय समावेश छन्।
एक्सप्रेस
सम्बन्धित खबर
चार महिनामा पनि माइतीघरको भीड नघट्नु चिन्ताजनक : रवि लामिछाने
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा पुग्नु मात्रै सफलता नभएको भन्दै त्यसलाई परिणाममा बदल्न नसके नागरिकको विश्वास गुम्ने चेतावनी दिएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अव...



