दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, मनाङ अधिवेशन आयोजक समितिको संयोजक मनोनीत
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ दीपक मनाङे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शेरबहादुर देउवा पक्षमार्फत उनी कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले गुरुङलाई पार्टीमा स्वागत गर्दै आधिकारिक रूपमा भित्र्याएका हुन्।
कांग्रेस प्रवेशसँगै गुरुङलाई मनाङ जिल्लामा पार्टीको साङ्गठनिक जिम्मेवारी सुम्पिइएको छ। उनलाई आगामी जिल्ला अधिवेशन सम्पन्न गराउनका लागि ‘मनाङ जिल्ला अधिवेशन आयोजक समिति’को संयोजक मनोनीत गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहीबारबाट प्रारम्भ भएको बैठकम...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । अर्थ मन्त्रालयको प्रस्तावमा गरिएको निर्णयअनुसार...
फरेन्सिक विशेषज्ञका लागि मास्टर्स डिग्री अनिवार्य हुनुपर्छ : मन्त्री महावीर पुन
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिक विज्ञानजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञहरूको न्यूनतम शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर (मास्टर्स डिग्री) हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शिक्षा...
निर्वाचन माहोल नबिग्रियोस् : गृह मन्त्रालयको सबै पक्षलाई आग्रह
काठमाडौँ । गृह मन्त्रालयले बाराको सिमरामा आज भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक प्रेस विज्ञप्तिमार्फत मन्त्रालयले घटनापछि सिर्जित अवस्थालाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाउन स्थानीय प्रशासन...
सहिद दिवसमा बालेनको शुभकामना : ‘फेरि कसैले सहिद बन्नु नपरोस् !’
काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आज बिहानै सहिद दिवसको शुभकामना दिँदै फेरि कसैले सहिद बन्न नपरोस् भन्ने कामना गरेका छन् । चुनावी अभियानका क्रममा अहिले...
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् । सोमबार नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद...



