सोमबार, १९ असोज २०८३
नेपाली

गोरखा १ मा मतगणनामा ढिलाइ

Main News Image

गोरखा । प्रतिकूल मौसमका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अझै सुरु हुन सकेको छैन । उत्तरी गोरखाका दुर्गम क्षेत्रमा रहेका १६ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन नसकिएका कारण गणना कार्य रोकिएको हो ।

शुक्रबार मौसम खराब भएका कारण ती क्षेत्रमा हेलिकप्टर उडान सम्भव हुन सकेन । भौगोलिक विकटता र सडक सञ्जालको पहुँच नभएका चुमनुब्री लगायतका क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ ।

शनिबार बिहानैदेखि ती बाँकी रहेका मतपेटिकाहरू हेलिकप्टरमार्फत सदरमुकाम ल्याउने प्रयास भइरहेको र सबै मतपेटिका आइपुगेलगत्तै सर्वदलीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

अब विदेशबाटै भोट हाल्न पाइने, मतपत्रमा नो भोटको विकल्प

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न र अन्तरजिल्ला मतदानको व्यवस्था मिलाउन चारवटा प्रमुख निर्वाचन ऐनहरू संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । गृह मन्त्रालयमा सोमबार आयोजित सर्वपक्षीय छलफलमा सहसचिव...

बल प्रयोगले समाधान हुँदैन, सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा उनले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्...

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर

सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन्। गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शन...

उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिइन्

काठमाडौँ । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ । मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिए...

समानुपातिकतर्फ ७५ लाख ७५ हजार १९३ गणना हुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मत

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्यांककअनुसार आज विहान ६ बजे सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२...

निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त भण्डारीको आह्वान

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्पूर्ण मतदातालाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका छन् । उनले निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा भइस...