शनिबार, २१ कात्तिक २०८३
नेपाली

लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने

Main News Image

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ । मागभन्दा उत्पादन करीब ८०० मेगावाट बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन् । आन्तरिक उत्पादनले नै तिहारको माग धान्न पर्याप्त हुने उनको भनाइ छ ।


तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र गुणस्तरीय बनाउन प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्राविधिक कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैस...

शुक्रबारको विनिमयदर : कुवेती दिनार सबैभन्दा महँगो, कुन मुद्राको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज फागुन ८ गते शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि भई एक डलरको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम भ...