आइतबार, ०८ कात्तिक २०८३
नेपाली

बंगलादेशमा फेरि प्रदर्शन चर्कियो

Main News Image

काठमाडौँ । बंगलादेशमा लोकप्रिय विद्यार्थी नेता सरिफ ओस्मान हादीको निधनपछि देशभर प्रदर्शन चर्किएको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि शुक्रबार ढाकासहित विभिन्न क्षेत्रमा प्रहरी र अर्धसैन्य दस्ता परिचालन गरिएको छ । बिहीबार राति देशका विभिन्न स्थानमा हिंसा, तोडफोड र आगजनीका घटना भएका छन्। प्रदर्शनकारीले दुई लोकप्रिय सञ्चारमाध्यम ‘प्रोथोम आलो’ र ‘डेली स्टार’को कार्यालयमा समेत आक्रमण गरेका छन् ।

आगामी फेब्रुअरी १२ मा आम चुनाव हुने तय भएको बेला भएको यो प्रदर्शनले अधिकारीहरूलाई चिन्तित बनाएको छ । छ दिनसम्म उपचारपछि इन्कलाव मञ्चका प्रवक्ता सरिफ ओस्मान हादीको बिहीबार निधन भएको थियो । बंगलादेशमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो। गत साता शुक्रबार ढाकामा नकाबधारीले उनलाई टाउकोमा गोली हानेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

बंगलादेशमा हिन्दू नेतालाई चुनाव लड्न रोक

ढाका । बंगलादेशमा एक हिन्दू नेतालाई चुनाव लड्नबाट रोक लगाइएको छ । बंगलादेशमा फेब्रुअरी १२ मा चुनाव हुने तालिका छ । गोविन्द चन्द्र प्रमाणिकले गोपालगञ्ज(३ निर्वाचन क्षेत्रबाट संसदीय चुनावको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका थिए, तर निर्वाचन अधिकारील...