अमेरिकाबाट ‘डिपोर्ट’ ३५ नेपाली स्वदेश आइपुगे
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको छ । ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिसकेको एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।
अवैध रुपमा अमेरिका पुगेर निष्कासनमा परेका नेपालीले आफू अन्यायमा परेको भनेर उजुरी गरेमात्रै प्रहरीले थप अनुसन्धान गर्ने गरेको छ। अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार अमेरिकाले देश निकाला गर्दै आएको छ। यसअघि पनि धेरै नेपाली निष्कासन भइसकेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
आणविक क्षमतामा सम्झौता नगर्ने इरानको अडान
काठमाडौँ । क्षेत्रीय तनाव उत्कर्षमा पुगेका बेला इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारेका छन् । अमेरिकी दबाब र युद्धविरामको अनिश्चित वातावरणका बीच राज्य...
ट्रम्पको सुरक्षा बैठक निष्कर्षविहीन : अमेरिका-इरान शान्ति सम्झौता अन्योलमा
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित शान्ति सम्झौता र ६० दिने युद्धविराम थप गर्ने विषयमा ‘अन्तिम निर्णय’ लिन ह्वाइट हाउसको सिचुएसन रुममा बोलाएको उच्चस्तरीय सुरक्षा बैठक बिना कुनै निष्कर्ष टुङ्गिएको छ । राष्ट्रिय सुरक...
हर्मुज खोल्ने मागमा चीन-रूसको भिटो, राष्ट्र संघको प्रस्ताव अस्वीकार
काठमाण्डौँ । इरान संकटको बीचमा संयुक्त राष्ट्र संघमा हर्मुजको नाका खोल्ने प्रस्ताव पारित हुन सकेन । रूस र चीनले यसलाई भिटो गरे । मिडिया रिपोर्टका अनुसार प्रस्तावमा कुनै सैन्य कारबाहीको लागि आह्वान गरिएको थिएन । यो प्रस्ताव बहराइनले पेश गरेको थियो।...
सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
काठमाडौँ । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि...
इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु
काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म...
अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय
इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...



