महाधिवेशन विवाद चर्किँदै जाँदा देउवा–कोइराला भेटवार्ता, विशेष महाधिवेशन रोक्नेबारे छलफल
काठमाण्डौँ । नेपाली कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विषयले तीव्र रूप लिँदै गएको बेला पार्टी सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । डा। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार देउवा निवास महाराजगन्जमा दुई नेताबीच समसामयिक राजनीतिक अवस्था र पार्टीभित्र विकसित महाधिवेशनसम्बन्धी विवादबारे छलफल भएको हो ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूहले काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीलाई तीव्र पारेका बेला सभापति देउवा र नेता कोइरालाबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ नियमित महाधिवेशन गर्ने निर्णय बहुमतका आधारमा पारित गरिसकेको छ। सो निर्णयमा कोइराला पक्षको समेत सक्रिय भूमिका रहेको थियो ।
तर केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशनको तयारी अघि बढेपछि पार्टीभित्र मतभेद चुलिँदै गएको छ। यही परिस्थितिमा विशेष महाधिवेशनको प्रयासलाई कसरी रोक्ने र नियमित महाधिवेशनलाई सुनिश्चित गर्ने भन्ने विषयमा देउवा र कोइरालाबीच छलफल भएको थपलियाले जानकारी दिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैँबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोह...
सहकारी ठगीमा संलग्न रास्वपाको उम्मेदवार बन्न नपाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई निकै कडा र प्रणालीगत बनाउने तयारी गरेको छ । पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारेको नयाँ मस्यौदा अनुसार, अब...
नियुक्त भएको ४ दिनमै ३ मन्त्रीलाई सांसदसमेत नरहने गरी बर्खास्त गरिँदै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको केन्द्रीय निर्णय, नीति तथा निर्देशनको स्पष्ट उल्लङ्घन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन जना प्रदेश सभा सदस्यहरूप्रति कडा अनुशासनात्मक कदम चाल्ने अन्तिम तयारी गरेको छ ।
<...सिराहा-४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
सिराहा । सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार तपेश्वर यादव भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार साँझ सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार यादवले ३६ हजार २१० मत प्राप्त गर्दै करिब २८ हजारभन्दा बढी मत...
सर्लाही-४ लाई मुलुक कै उत्कृष्ट क्षेत्र बनाउँछु : गगन थापा
सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आफ्नो क्षेत्रलाई उत्कृष्ट बनाउने बताएका छन् । सर्लाही ४ का मतदातालाई सम्बोधन गर्दै उनले आफ्नो सम्पूर्ण तागत लगाएर क्षेत्रको विकास...
रास्वपाले रोजगारी र मध्यम वर्गीय परिवारलक्षित वाचापत्र ल्याउने
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगारी र मध्यम परिवारलाई लक्षित गरेर आफ्नो दलका वाचापत्र ल्याउने बताएका छन् । जेनजी आन्दोलन पछिको मूख्य माग नै रोजगार भए...



