महाधिवेशन विवाद चर्किँदै जाँदा देउवा–कोइराला भेटवार्ता, विशेष महाधिवेशन रोक्नेबारे छलफल
काठमाण्डौँ । नेपाली कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विषयले तीव्र रूप लिँदै गएको बेला पार्टी सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । डा। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार देउवा निवास महाराजगन्जमा दुई नेताबीच समसामयिक राजनीतिक अवस्था र पार्टीभित्र विकसित महाधिवेशनसम्बन्धी विवादबारे छलफल भएको हो ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूहले काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीलाई तीव्र पारेका बेला सभापति देउवा र नेता कोइरालाबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ नियमित महाधिवेशन गर्ने निर्णय बहुमतका आधारमा पारित गरिसकेको छ। सो निर्णयमा कोइराला पक्षको समेत सक्रिय भूमिका रहेको थियो ।
तर केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशनको तयारी अघि बढेपछि पार्टीभित्र मतभेद चुलिँदै गएको छ। यही परिस्थितिमा विशेष महाधिवेशनको प्रयासलाई कसरी रोक्ने र नियमित महाधिवेशनलाई सुनिश्चित गर्ने भन्ने विषयमा देउवा र कोइरालाबीच छलफल भएको थपलियाले जानकारी दिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको...
ईश्वर पोखरेलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी पुन...
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन
काठमाडौँ । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिँदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्त...
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
काठमाडौँ । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएक...
‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्य माइतीघरबाट पक्राउ
काठमाडौं । माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर...
राष्ट्रपति पौडेलसँग पूर्वप्रधानमन्त्री नेपालको भेटवार्ता, के भयो कुरा ?
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज बिहान राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीच शीतल निवासमा झन्डै १ घण्टा कुराकानी भएको शीतल निवास स्रोतले जनाएको छ ।
भेटवार्तामा समयमै निर्वाचन गर...



