देउवा–शेखर भेटवार्ता : कांग्रेसभित्रको विवाद समाधानबारे छलफल
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। पार्टीभित्र पछिल्लो समय बढ्दै गएको विवाद र विभाजनको सम्भावनाबीच दुई नेताबीच भेटवार्ता भएको हो ।
नेता कोइराला शुक्रबार बिहान देउवा निवास पुगेर पूर्वसभापति देउवासँग भेट गरेका हुन्। भेटमा समसामयिक राजनीतिक परिस्थिति, कांग्रेसभित्र देखिएको विवाद तथा पार्टी एकता कायम गर्ने विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
थपलियाका अनुसार भेटवार्ता पार्टीभित्रको समस्या समाधान गर्दै एकता कायम गर्ने विषयमा केन्द्रित थियो। उनले भने, ‘आज बिहान भेट भएको थियो। भेटमा समसामयिक परिस्थिति र पार्टी एकताको विषयमा केन्द्रित रह्यो।’
पछिल्लो समय कांग्रेसभित्र सभापतिको विषयलाई लिएर विवाद चर्किएको छ। देउवा समूहले गगन थापालाई सभापतिका रूपमा स्वीकार नगर्ने संकेतसहित अघि बढेपछि पार्टीभित्र ध्रुवीकरण बढेको हो। संस्थापन पक्षले भने आगामी असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका अघि सारेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
महाधिवेशन मिति तोक्न माग गर्दै कांग्रेसका २५ केन्द्रीय सदस्यले बुझाए पत्र
काठमाडौँ । । नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्न माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार उनीहरूले पार्टी मुख्यालय सानेपा पुगेर ध्यानाकर्षण पत्र दर्ता गएका हुन्...
तोकिएको समयमा निर्वाचन गर्न नसके सरकारको औचित्य सकिन्छ : बर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले फागुन २१ गते तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित होटल मजदुर आन्दोलनको दर्पण सार्वजनिकरण...
ओलीलाई उषाकिरणले भनिन् : एकजनाको महत्वाकांक्षा पूरा गर्न पार्टीको प्रगति रोक्न पाइँदैन
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । ललितपुरमा जारी नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीका बैठकमा धारणा राख्दै उनले अहिलेकै नेतृत्व लिएर चुनाव...
२५ महिनापछि प्रदेशहरूमा पुन: भित्रियो एमाले-नेकपा सहकार्य
काठमाडौँ । सत्ता गठबन्धनभित्रको बढ्दो चिसोपना र राजनीतिक खिचातानीकाबीच नेपालको प्रादेशिक सत्ता समीकरणमा नाटकीय फेरबदल आएको छ । नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहकार्य सुदूरपश्चिम, कर्णाली र बागमती लगायतका प्रदेशहरूमा भत्किएसँगै दुई ठूला कम्युन...
ओलीलाई केन्द्रीय सदस्यहरूको आग्रह : अब नेतृत्व होइन, अभिभावक बन्नुस्
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे बहस हुन थालेको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटले पार्टीभित्र नयाँ नेतृत्वको माग चुलिएको हो । गत भदौ २२ गते सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले अध्...
कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन
काठमाडौँ । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ । विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका हुन्। समितिमा नेताहरू...



