शुक्रबार, ०२ असोज २०८३
नेपाली

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्ररमण खनाल नियुक्त

Main News Image

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । यसअघि राष्ट्रिय वाणिज्य बैंकमै सिइओका रूपमा कार्यरत खनाललाई बैंक सञ्चालक समितिले बिहीबार दोश्रो कार्यकालका लागि पुनस्  सिइओ नियुक्त गरेको हो ।

सिइओ नियुक्तिका लागि बैंकले आवेदन माग गरेपछि २० जनाले आवेदन दिएका थिए । सिइओ छनोट उपसमितिको आइतबार बसेको बैठकले आवेदकमध्ये नेपाल बैंकका पूर्वसिइओ कृष्णबहादुर कार्की, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीसहित चार जनाको नाम सिफारिस गरेको थियो ।

सोही प्रक्रियाका आधारमा सञ्चालक समितिले खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

mediabaaji add

सम्बन्धित खबर

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त...

बढ्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ, यस्तो छ विनिमयदर

काठमाण्डौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । बुधबार यसको भाउ एकको खरिददर १४७ रुपैयाँ ५...