एमाले बैठकमा देउवाको चर्चा, ओलीको आलोचना
काठमाडौँ । नेकपा एमालेको मंगलबारदेखि केन्द्रीय समिति बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।उक्त प्रस्तावमाथि केन्द्रीय किमिटीका अन्य नेताहरूले आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंगलबार ५० जना केन्द्रीय सदस्यले ओलीले राखेको राजनीतिक प्रस्तावमा महत्वपूर्ण सुझाव दिएका थिए ।
‘अन्तरिम सरकारको गठन प्रक्रिया प्रतिनिधिसभाको विघटनका सन्दर्भमा पार्टीको धारणा, त्यसपछि सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन, निर्वाचनमा आफूहरूको उपस्थिती के हुने ? पार्टीले जनपरिचालन मार्फत गरिने कार्यक्रमबारे साथीहरूको बढी चासो छ,’ उनले भने । बैठकमा बोल्ने केन्द्रीय सदस्यले संविधान पक्षधर र लोकतन्त्र पक्षधर शक्तिहरूको सहकार्य आवश्यक रहेको बताएको गौतमले जानकारी दिए ।
बैठकमा आज पनि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विषय समेत उठेको छ। एमाले केन्द्रीय सदस्य रविन कोइरालाले देउवाले पार्टी नेतृत्वबाट लिएको बिदाइको चर्चा गरेका हुन् ।
‘हाम्रो पार्टी अध्यक्षबाट देउवाको भन्दा उच्चस्तरको सम्बोधन अपेक्षा गरेको छौं । तर, उहाँमा आफ्ना गल्तीप्रति सामान्य अनुभूतिसमेत नदेखिएन,’ उनले भने।
जेनजी आन्दोलनपछि कांग्रेस सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन्। यससँगै उनले पार्टी नेतृत्वमा नरहने संकेत गरेका छन् ।
अब निर्वाचनमा जाँदा संविधान संशोधनको स्पष्ट एजेन्डा लिएर जानुपर्ने उनले बताए। ‘संविधान संशोधनका मुख्य विषयहरू जेनजी आन्दोलनु उठेका भ्रष्टाचारमुक्त देश, शासकीय प्रणालीमा सुधार र सुशासनका मुद्दाहरू हुनुपर्छ। यी कुराहरू आगामी संसदबाट संशोधन गर्ने कमिटमेन्ट सहित निर्वाचनमा जानुपर्छ,’ उनले भने। अध्यक्ष ओलीले सुदृढ पार्टी एकताको प्रस्ताव गरेको र त्यसको सुरुआत विद्या भण्डारीको सदस्यता नवीकरण गरेर थाल्नुपर्ने उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने निर्णायक अवसर : डा. भीम रावल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा भीम रावलले अहिले भइरहेको निर्वाचन देशको भविष्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण अवसर भएको बताएका छन् । अछाम क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका रावलले साँफेबगरमा आयोजित...
ओली र लेखकलाई पत्राचार गर्दै आयोग
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसा...
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत बालेनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यब...
आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी धादिङ–१ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारह...
म्यानमारका ठगी केन्द्रहरूमा नेपाली : १४ जनालाई स्वदेश पठाइयो, ११ जना उद्धारको पर्खाइमा
काठमाडौँ । विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरिएको छ । बैंकक ९थाइल्यान्ड० स्थित नेपाली दूतावासले सम्बन्धित निकायहरूको सहयोगमा उद्धार उनीहरूको गरिएको जनाएको छ । उनीहरूलाई म्यानमारको म्यावडीबाट उद...
नेपाली कांग्रेसले थप्यो क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र नयाँ सदस्यता विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने म्याद थप गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार ललितपुरस्थित...



