वर्षाको सम्भावनाले नआत्तिनुस्, जोखिमयुक्त क्षेत्रमा सचेत रहनुस् : मौसमविद् विभूति पोखरेल
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलकाअनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने सम्भावना छ ।
पोखरेलकाअनुसार बिहीवार बेलुकादेखि शनिवारसम्म उक्त प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान गरिएको छ । यद्यपि, प्रणाली बंगालको खाडीमै रहेकाले यसको गति, तिब्रता र नेपाल प्रवेश गर्दाको अवस्थाअनुसार वर्षाको मात्रा तथा प्रभावमा परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो । वर्षाको सम्भवना देखिएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँको भनाई छ । तर जोखिमयुक्त क्षेत्रमा भने सचेतता अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरू बढी जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ । वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने उहाँले बताउनुभयो । सकेसम्म हिमाली क्षेत्रमा यात्रा नगर्न उहाँले सुझाव दिनुभयो ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपालमा मनसुन आउन एक साता लाग्ने
काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ ।
...
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौँ । आज देशका विभिन्न भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ । दिउँसो कोशी प्रदेशसहित पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने...
आजदेखि म्यादी प्रहरीमा आवदेन दिन पाइने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभागले बिहीबार सूचना जारी गर्दै निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहर...
रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रको अध्ययन गर्न रिसोर्स एन्ड निड म्यापिङ टिम गठन
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत मनसुन प्रतिकार्य कमान्ड पोस्टले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हुने अध्ययन तथा अनुसन्धानलाई एकरुपता दिन विशेष टोली गठन गरेको छ । कमान्ड पोस्टको आज बसेको १६ औँ बैठक...
गुल्मीमा थप ३० प्रजातिका नयाँ चरा फेला, पुगे तीन सय ५५
गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् । जिल्लाको रेसुङ्गा, मदा...
पश्चिमी भूभागमा आज र भोलि वर्षाको गतिविधि अझै बढ्ने, अन्यत्र के हुन्छ ?
काठमाण्डौँ । देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी आसपासका क्षेत्रमा भने...



