वर्षाको सम्भावनाले नआत्तिनुस्, जोखिमयुक्त क्षेत्रमा सचेत रहनुस् : मौसमविद् विभूति पोखरेल
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलकाअनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने सम्भावना छ ।
पोखरेलकाअनुसार बिहीवार बेलुकादेखि शनिवारसम्म उक्त प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान गरिएको छ । यद्यपि, प्रणाली बंगालको खाडीमै रहेकाले यसको गति, तिब्रता र नेपाल प्रवेश गर्दाको अवस्थाअनुसार वर्षाको मात्रा तथा प्रभावमा परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो । वर्षाको सम्भवना देखिएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँको भनाई छ । तर जोखिमयुक्त क्षेत्रमा भने सचेतता अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरू बढी जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ । वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने उहाँले बताउनुभयो । सकेसम्म हिमाली क्षेत्रमा यात्रा नगर्न उहाँले सुझाव दिनुभयो ।
एक्सप्रेस
सम्बन्धित खबर
बागमती र गण्डकीमा अति भारी वर्षाको जोखिम, देशभर मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।
हाल देशभ...
संघीय निर्णय अस्वीकार : कनकासुन्दरी गाउँपालिकामा आइतबार पनि विद्यालय खुल्ने
काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुईवटा महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै नयाँ नियम लागू गरेको छ । गाउँपालिकाले संघीय सरकारले तोकेको आइतबारको सार्वजनिक बिदा नमानी वैशाख ७ गतेदेखि नै नियमित पठनप...
बझाङको कोट्देवल केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित कोट्देवललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४:४० बजेको समयमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
उक्त भूकम्पको कम्पन बझाङक...
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा सामान्य बदलाब देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको हिमाली भूभागमा साधारणतया बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया...
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका ए...
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...



