बुधबार, ११ कात्तिक २०८३
नेपाली

राहत दिँदाको फोटो खिचेर बालबालिकाको पहिचान नखुलाउनू : नेपाल प्रहरी

Main News Image

काठमाडौँ । नेपाल प्रहरीले बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक भइरहेको विषयमा प्रहरीले गम्भीर चासो व्यक्त गर्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

प्रहरीले विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकासम्बन्धी सामग्री सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पर्न सक्ने जनाएको छ । पीडित वा प्रभावित बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण, अनुहार तथा पहिचान खुल्ने अन्य विवरण सार्वजनिक नगर्न र आवश्यक अवस्थामा पहिचान लुकाउन प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै, बालबालिकाको असहाय वा रोइरहेको अवस्था देखाएर सामग्री भाइरल बनाउने, सहानुभूति बटुल्ने वा आर्थिक सहयोग जुटाउने उद्देश्यले उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न पनि आग्रह गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

पोखरा । काठमाडौँबाट पोखरा आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३ः४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।

बन्द भएको २६ वर्षपछि व्युँतिँदै हेटौंडा कपडा उद्योग, सेनाले थाल्यो मेसिन मर्मत र सरसफाइ

काठमाडौँ । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको प्रमुख परिचय बनेको हेटौंडा कपडा उद्योगको आफ्नै ऐतिहासिक पहिचान छ ।उद्योगको नाम सुन्नासाथ धेरै नेपालीको मनमा अझै पनि ‘स्वदेशमा उत्पादित गुणस्तरीय कपडा’ को छवि ताजै छ ।

स्वदेशमै कपडा...

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको उद्घाटन : देशको पहिलो आधुनिक सडक सुरुङ सञ्चालनमा

काठमाडौँ । नेपालको पहिलो आधुनिक तथा व्यावसायिक सडक सुरुङमार्गको रूपमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ । आयोजना स्थलमा आयोजित विशेष समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी...

शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार

काठमाडौँ । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ । शव सुरक्षित राख्न कम्तीमा एक हजार जनासम्मको क्षमता भएको फ्रिजर र पर्याप्त डीएनए परीक्षण किट आवश्यक परेको भन्दै सरकारले विभिन्न देशसँग सह...

कार्यवाहक राजदूतले भने-नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ

न्यूयोर्क । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओ...

बुधबार काठमाडौंमा पानी पर्ने, तीन दिनको मौसम यस्तो छ

काठमाडौँ । देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउ...