मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

तापक्रम वृद्धि र बदलीको दोहोरो असर : कतै वर्षा र हिमपात, कतै बढ्दो गर्मी

Main News Image

काठमाडौँ । मुलुकको पश्चिमी भूभागको उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदलिने भएको छ । यसका कारण हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने तथा तराईका केही भूभागमा गर्मी अझै बढ्ने सम्भावना देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहेको छ । बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहँदा तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा छ । यतिबेला कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका सीमित स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।


mediabaaji add

सम्बन्धित खबर

आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर साधारणतया बा...

देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरीको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वदेखि पश्चिमसम्म सक्रिय रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रमा मौसममा व्यापक परिवर्तन आउने प्रक्षेपण गरिएको छ । जल तथा म...