शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

विशेष ट्राफिक चेकिङमा २८ सवारी साधनका चालक कारबाहीमा

Main News Image

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष सवारी जाँच अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २८ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको बल्खुस्थित कुमारी क्लब अगाडि विशेष चेकिङ अभियान सञ्चालन गरी ५५ वटा सवारी साधनको निरीक्षण गरेको थियो । 

निरीक्षणका क्रममा ह्याण्डब्रेक दुरुस्त नभएका, लाइटहरू बिग्रिएका, टायर अत्यधिक खिइएका तथा समग्र यान्त्रिक अवस्था मापदण्डअनुसार नभएका २८ वटा सवारी साधन फेला परेपछि सम्बन्धित चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यान्त्रिक रूपमा कमजोर वा मर्मतसम्भार नगरिएका सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने तथा यात्रु र अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न विशेष जाँच अभियान सञ्चालन गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबै यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई नियमित रूपमा आफ्नो सवारी साधनको प्राविधिक अवस्था जाँच गरी आवश्यक मर्मतसम्भार गरेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको छ । प्रहरीले सुरक्षित र व्यवस्थित यातायात व्यवस्थापनका लागि यस्ता अनुगमन तथा चेकजाँच अभियानलाई निरन्तरता दिने जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

वैदेशिक रोजगारीमा कडाइ, सेवा शुल्क अब अनिवार्य बैंकिङमार्फत मात्रै

काठमाडौँ । वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको विभागले ठगी नियन्त्रण, आर्थिक कारोबारम...

गौरमा कर्फ्यु हटाइए लगत्तै वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ । रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइए लगत्तै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । गौर नगरपालिका–६ सबगढामा दुई समुदायबिच उत्पन्न विवाद सामान्य बन्दै गएपछि जिल्ला सु...