साउदी अरबमा ड्रोन आक्रमण : एक नेपालीसहित दुईको मृत्यु
काठमाडौँ । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ। आक्रमणमा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन् । साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी बुधबार बिहान ड्रोन आक्रमण भएको थियो।
साउदी ऊर्जा मन्त्रालयका अनुसार प्रशोधन केन्द्रतर्फ आइरहेको ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो। त्यस क्रममा खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको एउटा गाडीमा आगलागी भएको थियो।
आगलागीका कारण एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यद्यपि, मृतकहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। घटनापछि सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
पाँच वर्षपछि पुनः सक्रिय नेपाल–भारत संयुक्त कृषि संयन्त्र, व्यापार र प्रविधिमा जोड
काठमाडौँ । नेपाल र भारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै...
भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले यही माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी गर...
आज सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब २२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाखको सेयर कारोबार भएको छ । आज १११ कम्पनीको सेयर मूल्य बढ्दा...
शिक्षा मन्त्रालयले भन्यो : जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकी एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने निर्णय कानुन र नियम विपरीत नभएको स्पष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र का...
बुधबार नेप्सेमा ३०.०९ अंकको गिरावट, डिबेन्चरमा सर्वाधिक कारोबार
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३६२ कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता सेयर खरिद बिक्री हुँदा रू ४ अर्ब ८२ करोडमा...
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
काठमाण्डौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ र विद्युत् चार्जिङ शुल्कमा प्रतियुनिट रु एक रुपैयाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएको छ...


