साउदी अरबमा ड्रोन आक्रमण : एक नेपालीसहित दुईको मृत्यु
काठमाडौँ । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ। आक्रमणमा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन् । साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी बुधबार बिहान ड्रोन आक्रमण भएको थियो।
साउदी ऊर्जा मन्त्रालयका अनुसार प्रशोधन केन्द्रतर्फ आइरहेको ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो। त्यस क्रममा खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको एउटा गाडीमा आगलागी भएको थियो।
आगलागीका कारण एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यद्यपि, मृतकहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। घटनापछि सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ। निर्देश...
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ती जारी गरी रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालम्पुर जाने श्रमिकहरूको सहज...
हेटौँडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी कुमारी
हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग सञ्चालन गरिने बताएकी छन् । मन्त्री यादवले कानुनी प्रक्रिया मिलाएर...
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
काठमाडौँ । सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ । सङ्घले गत सोमबारदेखि सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन...
शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो । यता, चाँदीको मूल्य पनि तोला...



