साउदी अरबमा ड्रोन आक्रमण : एक नेपालीसहित दुईको मृत्यु
काठमाडौँ । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ। आक्रमणमा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन् । साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी बुधबार बिहान ड्रोन आक्रमण भएको थियो।
साउदी ऊर्जा मन्त्रालयका अनुसार प्रशोधन केन्द्रतर्फ आइरहेको ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो। त्यस क्रममा खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको एउटा गाडीमा आगलागी भएको थियो।
आगलागीका कारण एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यद्यपि, मृतकहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। घटनापछि सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्से बढ्यो, १२१ कम्पनीको सेयर मूल्य बढ्दा परिसूचक २५ सय ९७ बिन्दुमा
काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढावमा रहेको बजार कारोबारको अन्तिम समयमा सुधारिएपछि नेप्से ७.५० अंक ०.२८ प्रतिशतले बढेर २ हजार ५९७.८० बिन्दु मा...
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी–खर्च कमजोर, पुँजीगत खर्च १२ प्रतिशतमै सीमित
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । पुस मसान्तसम्म केन्द्र सरकारको आम्दानी वार्षिक लक्ष्यको ३८ प्रतिशत र खर्च ३५ प्रतिशतमा सीमित भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
खुल्यो धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण बायोडाटा पेश गर्न आह्वान गरेको हो । सूचनाअनुसार इच्छुक उम्मेद्वारहरूले सूच...
ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी मह...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रूपैयाँले मूल्य बढेको छ। न...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीद...



