यूएईको दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, यस्तो छ क्षति
दुबई । यूएईको दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । सहरका अधिकारीहरूले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् । घटना भएको स्थान विमानस्थल नजिकै भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उडान सञ्चालन रोकिएको हो ।
इन्धन ट्याङ्कीमा आगलागी
ड्रोन आक्रमणका कारण विमानस्थल नजिक रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको थियो । स्थानीय आपतकालीन सेवाहरू घटनास्थलमा पुगेर आगो छिट्टै नियन्त्रणमा लिन सफल भएका थिए । अधिकारीहरूका अनुसार घटनामा कुनै पनि व्यक्तिलाई चोटपटक लागेको छैन र ठूलो क्षति पनि भएको छैन ।
एक्सप्रेस
सम्बन्धित खबर
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप-अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
काठमाडौँ । दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणलाई उनको बढ्दो आक्रामक विदेश नीतिको पछिल्लो कदमका रूपमा व्याख्या गरेको छ। किम शनिबार चीन पुगेपछि दक्षिण कोरियाले उक्त प्रतिक्रिया दिएको हो। समाचार एजेन्सी एपीका...



