सोमबार, ११ साउन २०८३
नेपाली

बाढी, पहिरो र कटानका कारण देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक अझै अवरुद्ध

Main News Image

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। वर्षायामभर रातिको समयमा उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।

आज दिउँसो तराई...

क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महानिर्देशक पदका लागि आवेदन परेका उम्मेदवारको संख्या सार्वजनिक गर...

रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द

काठमाण्डौँ । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।

प्रहरी...

हिमपातसँगै वर्षा हुने चिसो अत्यधिक बढ्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ ।...

घट्यो काठमाडौँको न्यूनतम तापक्रम

काठमाण्डौँ । सुरुवाती मापनमा बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ 

हिजो बुधबार यो समय काठमाडौँको न्यूनतम त...

इरानले अमेरिकालाई पठायो सधैंको लागि युद्ध अन्त्य गर्ने नयाँ प्रस्ताव

काठमाडौँ । इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्व ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यसहित शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उक्त प्रस्ताव पाकिस्तानमार्फत् पठाइएको हो । बीबीसीका अनुसार अमेरिकाबाट आएको १५...