सीमास्तम्भसम्म जाने सडक निर्माण नहुँदा सुरक्षाकर्मीलाई अनुगमनमा कठिनाइ
हुम्ला । नेपाल र चीनको सिमाना छुट्याउने सीमास्तम्भको अनुगमन गर्न सुरक्षाकर्मीलाई कठिनाइ हुने गरेको छ । स्थानीयदेखि संङ्घीय सरकारस्तरमा हुम्ला क्षेत्रमा पर्ने जति पनि दुई देशविचका सीमास्तम्भ रहेको भए पनि कुनै पनि सिमास्तम्भसम्म पुग्ने सडक निर्माण नगरिएको कारण सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीलाई अनुमगन गर्न कठिनाइ भएको हो ।
नेपाल र चीन विचको सिमाना छुट्याउने सीमास्तम्भ नम्बर तीनदेखि बाह्रसम्म दश वटा सीमास्तम्भहरु रहेको र बाह्र नम्बरको सीमास्तम्भमा पुग्न आधासम्म सडक निर्माण गरिएको बाहेक अन्य सवै सीमास्तम्भ सडक नपुगेको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायव उपरिक्षक नन्दबहादुर साउदले बताए ।
हिल्सावाट पश्चिमतर्फका सीमास्तम्भ नम्बर तीन र चारमा पुग्न सुरक्षाकर्मीहरुलाई बिहान चार बजे हिँडेर गयो भने बेलुका दश वजे मात्र हिल्सा फर्किन सकिन्छ । सडक त के घोरेटो बाटो समय नभएको कारण जिपिएस हेर्दै जानु पर्ने वा पहिला गई सकेका सुरक्षाकर्मीलाई अगाडी लगाएर जानु पर्ने बाध्यता सुरक्षाकर्मीहरुलाई रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
दाउन्ने खण्डको सडक निर्माण अन्तिम चरणमा
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाले यस खण्डमा गरिएको कंक्रिट ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी गरेको छ। सडक विभागअन्तर्गत आयोजना निर्देशनालय एडीबी का आयोजना निर्देशक चुडाराज ढ...
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो !
काठमाडौँ । लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाइँको रफ्तार ह्वात्तै बढेको छ । यस वर्ष नेपालमा मनसुनको सुरुआती चरण सुस्त हुँदा रोपाइँ गत वर्षको तुलनामा निकै कम भएको थियो । मनसुन ढिलो सक्रिय भए पनि असारको मध्यपछि मनसुनी प्रणाली देशभर पूर्ण रूपम...
आज स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।
पौष शुक्ल पूर्णिमा...
प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् । महानिरीक्षक कार्की शुक्रबार नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भेटको तस्बिर सार्वज...
पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै
इलाम । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ । विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्त परिमाणको भेटी रकम तथा धातु सङ्क...
कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै
काठमाडौँ । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ । “महिलाको समानुपातिक समावेशिता परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६ र ७ गते...



