बेमौसमी वर्षाका कारण धान उत्पादनमा ३ लाख मेट्रिक टनले कमी आउने
काठमाडौँ। यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा धानको उत्पादन घट्ने प्रक्षेपण गरिएको हो ।
गत वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकामा त्यसको तीन प्रतिशतअर्थात् करिब तीन लाख मेट्रिक टन कम उत्पादन हुने आकलन गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार जलवायु परिवर्तनको प्रभावले बाढी, वर्षा, भू–क्षयलगायत विपद्का कारण सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा भएको छ। विगत चार–पाँच वर्षदेखि धान उत्पादनमा वृद्धि हुँदै आइरहेकाले यस पटक ६० लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको थियो। क्षतिले लक्ष्यमा पुग्न गाह्रो हुने देखिएको मन्त्रालयले जनाएको छ
वर्षाले धान पाक्ने समयमा किसानले समयमै धान काट्न नपाएको र काटेको धान उठाउन नपाएका कारण सम्बन्धित किसानलाई ठूलो क्षति भएको हो। खेतमै काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्याएको क्षतिका कारण धान उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
मंगलबार कुन देशको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१...
जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन मिति थप गरिँदै
काठमाडौँ । विद्युत् खरिद-बिक्री सम्झौता पीपीए भइसकेर पनि विभिन्न कारणले अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति आरसीओडी थप गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।
प्रा...
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा...
बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ...
होटेल भ्यु भृकुटीले अङ्ग्रेजी नयाँ वर्ष लक्षित विशेष अफर सार्वजनिक
ललितपुर । होटल भ्यु भृकुटीले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पाहुनाका लागि विशेष पर्वकालीन अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २४, २०२५ देखि जनवरी १, २०२६ सम्म लागू हुने होटल व्यवस्थापनले जनाएको छ ।
अ...
सरकारले ७ हजार ५१४ को उद्धार गर्यो, ५ अर्ब बढी राहत कोषमा जम्मा भएको छ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारद्वारा सञ्चालित उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कार्यहरूको एकीकृत प्रगति विवरण सार्वजनिक गरेका छन् । भदौ १० गते आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लग...



