भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
काठमाण्डौँ । भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।
भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटंकी नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
भारतको पश्चिम बंगालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
तराईमा नक्कली नोट कारोबारी गिरोह सक्रिय
काठमाडौँ । निर्वाचनको माहोल तातेसँगै तराई क्षेत्रमा नक्कली नेपाली नोट कारोबार गर्ने गिरोह सक्रिय बनेको संकेत देखिएको छ । रौतहट जिल्ला र सर्लाही जिल्ला को सीमाक्षेत्र हुँदै ठूलो परिमाणमा नक्कली मुद्रा बजारमा आउन थालेपछि सुरक्षा निकायले उच्च सतर्कता...
जंगी अड्डाले भन्यो__ राहत र उद्धार सहज बनाउन सुकुम्बासीको विवरण मागेका हौं
काठमाडौँ । नेपाली सेनाले आसन्न वर्षातको समयमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्को पूर्व तयारीका लागि तथ्याङ्क अद्यावधिक गरेको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूको विवरण माग गरिएको विषयम...



