भारतको अवरोधपछि पूर्वका चिया उद्योग बन्द, ६० हजारको रोजगारी संकटमा
काठमाडौँ । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि इलाम र झापाका चिया उद्योगहरू बन्द हुन थालेका छन् । इलामका ५६ उद्योग यसअघि नै बन्द भइसकेका छन् भने बिहीबारदेखि झापाका ३० भन्दा बढी उद्योग र करिब दुई दर्जन चिया बगान पनि बन्द भएका छन् ।
नेपाल चिया उत्पादक संघका अनुसार निर्यात ठप्प हुँदा उत्पादित चिया गोदाममै थन्किएको छ । समस्या समाधानका लागि सरकारसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि उद्योग बन्द गर्न बाध्य भएको संघले जनाएको छ । संघका अध्यक्ष आदित्य पराजुलीले भारतले लगाएको अवरोध नहटेसम्म बन्दका कार्यक्रम जारी रहने चेतावनी दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सस्तोमा पाइयो भन्दै घरजग्गा नकिनौं, सार्वजनिक जग्गामा बनेको हो वा होइन ? जाँचौं
रुषा थापा_________________
भक्तपुर । सामाजिक सञ्जाल, पत्रपत्रिकालगायतमा घरजग्गा एकदमै सस्तो मूल्यमा बेचबिखनका खबरहरु देखिन्छन् । घरजग्गा व्यवसायी तथा दलालहरु पनि घरजग्गाको मूल्य निकै घटेको बताउँछन् । पाँच वर्षअघि ठाउँअनुसार आना...
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ...
वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न
काठमाडौँ । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले...
गुह्येश्वरी ढल प्रशोधन केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन
काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ । काठमाडौं उपत्यकाका नदीनाला तथा वातावरणलाई स्वच्छ राख्न थप प्रशोधन केन्द्रहरूको निर्माण आवश्यक रहेको भन्दै उपत्यकाका अन्य स्...
रिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख १८ हजार जनाले पाए शेयर
काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान बाँडफाड सम्पन्न गरेको छ । कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख ८० हजार २ सय ६० कि...
नेप्से ७.७३ अंकले बढ्यो, ४ अर्ब ७४ करोड कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । बजार परिसूचक नेप्से ७.७३ अंकले बढेर २७९६ विन्दुमा थामिएको हो । यसअघि शुक्रबार नेप्से १.५ अंक बढेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७४...



