सोमबार, ०२ कात्तिक २०८३
नेपाली

शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

Main News Image

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षामन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय अनुदानबाट पठाई सकेको भन्दै बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने बताए  ।

उनले लेखेका छन्, ‘शिक्षामन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु।१२०००, विद्यालय सहयोगीको लागि रु।१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू। १५००० तलब संघीय अनुदानबाट पठाई सकेको छ।बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने हो। अहिले सम्म झण्डै ७०० वटा स्थानिय सरकारले थपेर न्युनतम पारिश्रमिक अनुसार  तलव ख्वाएको जानकारी मन्त्रालयलाई आएको छ। यो विषय  न्युनतम तलव नदिएका स्थानिय सरकारहरुको जिम्मेवारी भएको अवगत गराउँछु । बाल शिक्षकहरु र कर्मचारीहरुलाई अन्याय नगर्नु होला । यस विषयमा ट्रेड युनियनका नेताहरु खोई जागेको ?’

यस्तै, उनले अहिले सम्म झण्डै ७०० वटा स्थानिय सरकारले थपेर न्युनतम पारिश्रमिक अनुसार तलव दिएको जानकारी मन्त्रालयलाई आएको भन्दै न्युनतम तलव नदिएका स्थानिय सरकारहरुले पनि समयमा तलब दिनु पर्ने बताए ।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।

निर्वाचन आयोगले तय गरेको...

हृदयेन्द्रलाई रविन्द्र मिश्रले भने ‘राजा बन्न तयार रहनुस्’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व वरिष्ठ उपाध्यक्ष तथा राजनीतिक विश्लेषक रविन्द्र मिश्रले पूर्व नवयुवराज हृदयेन्द्र शाहलाई जन्मदिनको अवसरमा शुभकामना दिँदै भविष्यमा देशको गद्दी सम्हाल्नका लागि बौद्धिक, मानसिक र भावनात्मक रूपमा...

मध्यपश्चिम विश्वविद्यालय विद्यार्थी संगठन खारेज !

मिडियाबाजी डटकम,काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ। उक्त निर्णयप्रति समर्थन जनाउँदै मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील राष्ट्रिय प्...

निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नेको संख्या १५, अध्ययन गर्दै आयोग

काठमाडौँ । निर्वाचन आयोगले दल दर्ताका लागि आएका १५ दलको कागजात अध्ययन गरिरहेको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा हुनुअघि १० दल र घोषणापछि पाँच दलले आयोगमा दर्ताका लागि निवेदन दिएका थिए । आयोगका प...

स्वदेश फर्किएलगत्तै सम्पर्क कार्यालय पुगे देउवा, शुक्रबार राष्ट्रिय भेलामा सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि स्वदेश फर्किएलगत्तै पार्टीको संस्थापन इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका छन् । बिहीबार थाई एयरको उडानमार्फत करिब साढे १२ बजे काठमाडौं अवतरण गरेका देउवालाई विमानस्थलब...

झलनाथले घोषणा गरे समाजवादी जागरण अभियान

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन् ।

उनको नेतृत...