शुक्रबार, ०२ असोज २०८३
नेपाली

देशभर मनसुनी वायुको प्रभाव : पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Main News Image

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा र मौसम बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमै अवस्थित रहेको छ ।

यतिबेला गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको पहाडी तथा हिमाली भू(भागमा साधारणतया बदली रहेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली छ ।

देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना औँल्याइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना

बैतडी । मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरी बल नेपालले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–१ हाटमा शुक्रबार अस्थायी म...

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

काठमाडौँ । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लाबाट सुरु गरिएको छ । हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ ।

त्यसैगरी, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्च...

टिकटकमा जथाभावी भिडिओ हाले कारबाही हुने

काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भ्रामक सूचनारहित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’सँग औपचारिक सहकार्य सुरु गरेको छ । निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र...

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।...

फेरि मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने

काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्ष...