शुक्रबार, २३ असोज २०८३
नेपाली

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

Main News Image

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका मन्त्री खरेलसँग नेपाल पत्रकार महासंघ, दक्षिण कोरिया शाखाले शुक्रबार गरेको अन्तर्क्रियामा उनले मुलुकमा निर्वाचनको अनुकूल वातावरण तयार भइसकेको दाबी गरे ।

उनका अनुसार निर्वाचनलाई सहज, सुरक्षित र भयरहित बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारका प्रवक्तासमेत रहेका खरेलले राजनीतिक दल र सरकारले संयुक्त रूपमा निर्वाचनमैत्री वातावरण निर्माण गर्नुपर्छ भन्दै यो सरकारको प्राथमिकता लोकतान्त्रिक प्रक्रियाको निरन्तरतासँगै सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सृजनामा केन्द्रित रहेको बताए ।

विदेशमा रहेका नेपालीले स्थिरता, सुशासन र विकासमा केन्द्रित सरकार चाहने उल्लेख गर्दै मन्त्री खरेलले भने, ुदेश राम्रो बनोस् भन्ने चाहना तपाईँहरू सबैमा छ । पाँच महिनाभित्र केही संरचनात्मक आधार बसाल्ने हाम्रो प्रयास हुनेछ । गलत काम गर्ने छुट यो सरकारलाई छैन।ु

खरेलका अनुसार जेनजी आन्दोलनले उठाएका मुद्दालाई सम्बोधन गर्दै निर्वाचन प्रणाली र शासन संरचना सुधार गर्ने विषयमा सर्वपक्षीय छलफल थालिनेछ । ुनिर्वाचन प्रणाली कम खर्चिलो, पारदर्शी र प्रभावकारी हुनैपर्छ । विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढेको छ । आवश्यक परे अध्यादेशमार्फत पनि व्यवस्था मिलाइनेछ,ु उनले भने ।

mediabaaji add

सम्बन्धित खबर

मंसिरभित्रै विशेष महाधिवेशनको विकल्प छैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् । सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको कार्यसमितिको म...

देउवा, ओली र प्रचण्डबीच भेटवार्ता, झापामा सघाउन ओलीको अनुरोध

काठमाडौँ । नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहार प्रचणडबीच भेटवार्ता भएको छ । भेट आइतबार भएको स्रोत बताउँछ ।

आगामी चुनाबमा शेरबहादुर देउवा...

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौँ । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज तीन दलका कार्यालयको अनुगमनका...

देउवा–खड्का पक्षको शक्ति प्रदर्शन तयारी, राष्ट्रिय सभा निर्वाचनपछि कांग्रेसको राष्ट्रिय भेला

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि सतहमा देखिने भएको छ । पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह खड्का निकट समूहले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ ।

एकीकृत समाजवादीको संयोजकमा घनश्याम भुसाल, मंसिरको पहिलो हप्ता राष्ट्रिय भेला

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संयोजकको जिम्मेवारी घनश्याम भूसाललाई दिएको छ । शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूले गरेको भर्चुअल बैठकले भूसाललाई संयोजक तोकेको एक नेताले बताए । बैठकले मंसिर पहिलो साता रा...

एमाले बैठकमा देउवाको चर्चा, ओलीको आलोचना

काठमाडौँ । नेकपा एमालेको मंगलबारदेखि केन्द्रीय समिति बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।उक्त प्रस्तावमाथि केन्द...