रास्वपाका ६७ जिल्लामा निर्वाचन, प्रदेश अधिवेशन जेठ २६ देखि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वडा र पालिका तहका निर्वाचन सम्पन्न गरेपछि जिल्ला तथा प्रदेश तहको निर्वाचन प्रक्रियालाई अगाडि बढाएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार आज जेठ २३ र भोलि जेठ २४ गते देशव्यापी रूपमा जिल्ला अधिवेशन तथा निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ ।
केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीलाई पूर्ण रूपमा वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उद्देश्यसहित जिल्ला अधिवेशनहरू सञ्चालन गरिएका हुन् । आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्वपूर्ण चरण भएको बताएका छन् । उनले स्वच्छ र निष्पक्ष निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै प्रत्येक जिल्लामा ३ सदस्यीय तथा प्रदेशमा ५ सदस्यीय निर्वाचन समिति परिचालन गरिएको जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो
काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाइसकिएको पुष्टि गरेको छ । विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रणधीर जैसवालले उक्त जानकारी दिएका हुन् ।
अब सबै राजनीतिक नियुक्ति खारेज
काठमाडौँ । विभिन्न मन्त्रालयमातहत रहेका विकास समिति, बोर्ड, प्रतिष्ठान र विभागलगायत सरकारी स्वामित्वमा रहेका १ सय १० संस्थाका राजनीतिक नियुक्ति एकमुष्ट रूपमा खारेजीको बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्...
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन विशेष अपील गरेको छ । शनिबार नेपाली कम्युनिष्ट पार्टीले एक अपील पत्र जारी गर्दै निर्वाच...



